सन्तोषी श्रेष्ठले भारतको राँचीमा जारी चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा शुक्रवार महिला ५ हजार मिटर दौडमा कास्य पदक जितेकी छिन् ।
सन्तोषीले १६ मिनेट ३६.६१ सेकेन्ड समयका साथ तेस्रो स्थान प्राप्त गरेकी हुन् । उनले कान्छीमाया कोजुको १६ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान तोडेकी छिन् ।
यो प्रतिस्पर्धामा स्वर्ण र रजत दुबै भारतीय खेलाडीले जितेका थिए ।

