भक्तपुर । नेपाल सम्वत ११४६ नयाँ वर्षको उपलक्ष्यमा भक्तपुर जिल्ला बुद्धिचाल संघले याक्छें टोलमा जिल्लाव्यापी बुद्धिचाल खेल सम्पन्न गरेको छ । 

बुद्धिचाल खेलको ३ मिनेट २ सेकेन्ड इनक्रिजमेन्ट द्रुत गतिको खेलमा ५२ जना प्रतिस्पर्धी मध्ये दोश्रो वरियताका निकेन कुसाथा विजयी भएका छन् । १९४६ रेटेड निकेनले सात चरणको खेलमा ६.५ अङ्क जोड्दै प्रथम स्थान हासिल गरेका छन् । यससँगै उनले नगद पुरस्कार हात पारे ।

यस्तै १८८७ रेटेड विजय जतिले ६ अंक जोडेर प्रोग्रेसिभ ३०.५ प्वाइन्टका आधारमा द्वितीय स्थान प्राप्त गरेका छन् । १७९२ रेटेड जगन्नाथ ताम्राकार समान ६ अंक जोडेर पनि उहि प्रोग्रेसिभ २६.५ पोइन्टका आधारमा तृतीय बन्न पुगे । यसैगरी पहिलो बरियताका १९८८ रेटेड खेलाडी राजेश कक्षपति ५ अंक बनाएर चौथो स्थानमा रहँदै प्रतियोगिता को अन्त्य गरेका छन् । 

राजेश संगै समान ५ अंक तर प्रोग्रेसिभ प्वाइन्टका आधारमा पाँचौं देखि नवौं स्थानमा क्रमश: १८५१ रेटेड विकास कुलुजु, १९१६ रेटेड सुमन सुवाल, १७४२ रेटेड प्रेम खड्का, १८२२ रेटेड निर्मल सुवाल, १९१७ रेटेड राजाराम दुवाल र दशौं स्थानमा ४.५ अंक जोडेका १८७५ रेटेड गणेश अवाल रहे ।भक्तपुर जिल्ला बुद्धिचाल संघले वर्षेनी यसै दिन बुद्धिचाल प्रतियोगिताको आयोजना गर्दै आइरहेको संघका अध्यक्ष बद्री केदारले बनाए ।

नेपाल बुद्धिचाल महासंघका सचिवालय सदस्य निरञ्जन प्रजापतिले ‘नेपाल सम्बत् राष्ट्रिय सम्बत्’ न्हूदँ ११४६ को उपलक्ष्यमा नयाँ क्यालेण्डर प्रकाशन गर्दै तिथिमिथिको विषयमा पूर्ण जानकारी गराउने उद्देश्य पूरा भएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *