एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि पोखरा निन्जाजले रोमानियाको ३२ वर्षिय एनामारिया बेरडिल्ला भित्र्याएको छ । उनको पोजिसन भने आउटसाइड हिटर रहेको छ ।
उनले रोमानियाली यु-१८, यु-२० र राष्ट्रिय टोलीबाट पनि खेलिसकेकी छन् । यसैगरि रोमानियाको सिनियर टिम बाट पनि खेलेको अनुभव उनी सङ्ग रहेको छ । राष्ट्रिय टोली, रोमानियाली लिग, रोमानियन कप , च्याम्पियन्स लिग, सीईभी कप, अजरबैया सुपरलिग साइप्रस लिग र साइप्रस कप पनि उनले खेलेकी छन् ।
उनलाई पोखरा नेन्जाजको टिममा अनुबन्ध गर्न पाउँदा टिम धेरै उत्साहित रहेको र उनले खेल नियन्त्रण गरेर खेल्ने र टिमलाई जिताउन सक्नेमा टोली विश्वसत रहेको छ ।
एभरेष्ट महिला भलिबल लिगको हिस्सा हुन पाउँदा एनामारिया बेरडिल्लाले आफू निकै हर्षित भएको बताएकी छन् । पोखरा निन्जाजलाई एभरेष्ट महिला भलिबल लिगको उपाधि जिताउन अर्थपूर्ण योगदान पुऱ्याउने उनको लक्ष्य रहेको छ ।
उनकोआगमन सङ्गै पोखरा निन्जाजको पुरै टिम सेट भएको छ । करिब १० दिन काठमाडौंमा तयारी गरेर टिम पोखरा गईसकेको छ ।
उनी सर्वियाकी ३१ वर्षीया आउटसाइड हिटर ल्युबिका केकमान आकास्मात स्वदेश फर्किए पछि टिममा आवद्व भएकी हुन् ।
ईन्फिनिटी ड्रिम्सको आयोजनामा वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि) को दोस्रो संस्करण आगामी भदौं २० देखि २८ गतेसम्म (सेप्टेम्बर ५-१३) पोखरामा हुनेछ ।
