काठमाडौं । नेपालमै प्रतिक्षित काठमाडौं म्याराथन २०२५ आगामी शनिबार, नोभेम्बर १ मा भव्य रुपमा आयोजना हुने भएको छ ।

“स्वास्थ्य, एकता र सहनशीलता” भन्ने मूल मन्त्रसहित हुने यो वार्षिक उत्सवमा सबै उमेर समूह र पेशाका मानिसलाई सहभागी हुन आयोजकले आह्वान गरेका छन् । विद्यालयका विद्यार्थीदेखि अनुभवसंपन्न खेलाडी, शिक्षक, व्यवसायी, कर्मचारीका लागि म्याराथनले साझा मञ्च तयार गरेको छ ।

दौड मात्र नभई स्वास्थ्य, खेलकुद, अनुशासन र एकताको सन्देश दिने अभियानको रूपमा यसलाई अघि सारिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *