काठमाडौं । काठमाडौंमा दुई दिने एसुस एण्ड रोग गेमिंग डेजको आयोजना भएको छ । आइतबार काठमाडौंको पुतलीसडक स्थित आईटिटिआई स्टोर बाई नागमणि र गत साता शुक्रबार ललितपुरको लाबिम मल स्थित निओ गेमिंग स्टोर गरि दुई दिने कार्यक्रम आयोजना गरिएको हो ।
विश्वकै नम्बर वान गेमिङ ब्राण्डको रुपमा रहेको रिपब्लिक अफ गेमर्स (आरओजी) को घरको रुपमा रहेको एसुस नेपालले यो अवसरमा तीन नयाँ मोडलको गेमिङ ल्यापटप समेत सार्वजनिक गरेको छ । आरओजी स्ट्रिक्स जी सिक्सटिन ( ROG Strix G16), टफ गेमिंग एफ सिकस्टिन (Tuf Gaming F16 ) र एसुस गेमिंग भी सिक्सटिन (ASUS Gaming V16) गरि तिन नयाँ गेमिंग ल्यापटप आकर्षक मूल्यमा नेपाली बजारमा उपलब्ध हुनेछन् ।
कार्यक्रममा नेपालका सबैभन्दा चर्चित इ-स्पोर्ट्स टिममध्ये एक होर इस्पोर्ट्सका सीआर सेभेन होर (CR7 Horaa) उपनाम भएका सन्जन गौतम खेलाडी विशेष अतिथिको रुपमा उपस्थित भएका थिए । नेपालमै सबैभन्दा धेरै पछ्याइने मध्यका एक गेमिंग इन्फ्लुएन्सर रहेका गौतमले सो अवसरमा एसुसका नयाँ प्रोडक्ट समेत सार्वजनिक गरेका थिए। सो अवसरमा उनका फ्यानहरुसंग भेटघाट कार्यक्रम समेत आयोजना गरिएको थियो ।
पब्जी मोबाइल वर्ल्ड कपमा विश्वकै नवौं स्थानमा पर्न सफल भैसकेको होर स्पोर्ट्सका खेलाडीहरुले दुई दिन अघि लाबिम बलमा पनि प्रोडक्ट सार्वजनिक गरेका थिए भने फ्यानहरुसंग भेटघाट समेत गरेका थिए । होर स्पोर्ट्स पब्जी मोबाइल वर्ल्ड कपमा लगभग २ करोड पुरस्कार राशि हात पार्न सफल टिम हो ।
होरा ईस्पोर्टस् का खेलाडिहरु भेट्न उल्लेख्य संख्यामा प्रशंसकहरु उपस्थित भएका थिए । उनीहरुको मनोरंजनको लागि एफ सी २५ को प्रदर्शन प्रतियोगिता संचालन गरि नगद पुरस्कार र विविध प्रविधि सम्बन्धि सामानहरु गिफ्ट गरिएको थियो ।
उक्त कार्यक्रममा एसुसका प्रतिनिधिहरुले ‘रोग’ सिरिजका ल्यापटपहरुको विशेषताहरुको जानकारी दिँदै नेपाली ईलेक्ट्रोनिक् गेमर्स हरुको प्राविधिक आवश्यकता यी ल्यापटपहरुले पुरा गर्ने विश्वास लिएका छन् ।
कार्यक्रममा एसुसका नयाँ मोडलको गेमिङ ल्यापटपको प्रयोग पछि सन्जन गौतम (सीआर सेभेन होर) ले प्रोडक्टको तारिफ गरे। उनले एसुसका नयाँ गेमिंग ल्यापटपको परफरमेन्स तारिफयोग्य रहेको, खेल्न सहज र आरामदायी भएको त्यसैले प्रो गेमर्सहरुको लागि उत्कृस्ट रोजाई हुने विश्वास व्यक्त गरे ।
