एएफसी यु–२३ एसियन कप छनोटको तयारी स्वरूप बन्द प्रशिक्षणबाट थप ८ खेलाडीहरू बाहिरिएका छन् ।
नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीका मुख्य प्रशिक्षक नबिन न्यौपानेले शनिबार ३२ खेलाडीको सूची सार्वजनिक गरेका छन् । प्रशिक्षक न्यौपानेले बन्द प्रशिक्षणमा रहेको ४० खेलाडीबाट ३२ खेलाडी छनोट गरेको हो ।
नेपालले सेप्टेम्बर ३ देखि ९ सम्म ताजिकिस्तानमा हुने एएफसी यू-२३ एसियाली कप छनोटमा भाग लिनेछ । नेपाललाई आयोजक ताजिकिस्तान, सिरिया र फिलिपिन्ससँगै समूह के मा छ ।
अन्तिम ३२ खेलाडीको नामावली :
अभिषेक सिङताङ, अभिषेक वाईबा, आयुष घलान, आयुष तिम्सिना, अमित तामाङ, अनिल बम्जन, अनिष क्षेत्री, एरोन थापा, बिबेक गुरुङ, बिशाल केसी, बिशाल नेपाली, दिपेश गुरुङ, दिपेश राई, जन्मजय धामी, जियारथ शेख, कृषल मोक्तान, कृतिष रत्न छुन्जु, लहान सुब्बा, निग्मा लामा, निरज कार्की, निराजन धामी, पेम्बा लामा, पुजन थापा, राम थापा, रोहन खडगी, सबिन घिमिरे, सन्जिव लामा, शंकर थारु, सन्तोष खत्री, सिमान्त थापा, सुजन मगर, सुमित श्रेष्ठ
