लियोनल मेस्सीको दुई गोल प्रेरित इन्टर मियामीले मेजर लिग सकर (एमएलएस) मा न्यु इंग्ल्याण्डलाई पराजित गरेको छ । 

बुधबार राति भएको खेलमा इन्टर मियामीले न्यु इंग्ल्याण्डमाथि २-१ गोलअन्तरले हराएको हो । न्यु इंग्ल्याण्डको घरेलु मैदानमा भएको खेलमा इन्टर मियामीलाई जित दिलाउन दुवै गोल लियोनल मेस्सीले गरे । 

खेलमा २७औं मिनेटमा मेस्सीले गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३८औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि मियामी २-० ले अघि बढ्यो । खेलको ८०औं मिनेटमा चार्लेस गिलले गोल गरेपनि न्यु इंग्ल्याण्डको हार टार्न सकेनन् ।

जितपछि इन्टर मियामी १८ खेलबाट ३५ अंक जोडेर लिगको पाँचौँ स्थानमा उक्लिएको छ । पराजित न्यु इंग्ल्याण्ड भने २० खेलबाट २४ अंकसहित ११औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *