नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टिम लुम्बिनी लायन्सले रोहितकुमार पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको छ । 

लुम्बिनीले दोस्रो संस्करणको एनपीएलका लागि नेपाली राष्ट्रिय टिमका कप्तान रोहितसहित ६ खेलाडीलाई रिटेन गरेको हो ।

लुम्बिनीले मार्की खेलाडी रोहितसहित विवेक यादव, सन्दीप जोरा, दिनेश अधिकारी, तिलकराज भण्डारी र अभिषेष गौतमलाई रिटेन गरेको छ ।

कुल ६ खेलाडीलाई रिटेन गरेको लुम्बिनीले सूर्य तामाङसहित ६ खेलाडीलाई भने रिजिल गरेको छ । रिलिज हुनेमा अर्जुन साउद, दुर्गेश गुप्ता, आशुतोष घिरैयाँ, विकाश अग्रि र आरिफ खान छन् ।

सुदूरपश्चिम रोयल्स र चितवन राइनोजले पनि रिटेन र रिलिज खेलाडीको‌ सुची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *