बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २ विधामा २४ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

जुनियर ब्वाइज र सिनियर गर्ल्समा समान १२-१२ गरी २४ टिम सहभागी हुने छन् । दुवै समूहको सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ।

जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गर्ल्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को-ओर्डिनेटर सन्तोष फुयालले बताए । जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित नमुना टोलमा खेलाइने छ ।

जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् । बीएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निमार्ण गरेको छ । पुनर्निमार्ण गर्न करिब ६ लाख रुपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *