हिमालयजन जाभा बास्केटबल लिग (एचजेबीएल) अन्तर्गत आइतबार भएको एक मात्र खेलमा टाइम्स बास्केटबल क्लबले गोल्डेनगेट बास्केटबल क्लबमाथि रोमाञ्चक जित हात पारेको छ ।

कीर्तिपुर कभर्डहलमा भएको खेलमा अन्तिम क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै टाइम्सले गोल्डेनगेटलाई ७६-७१ को अन्तरले पराजित गरेको छ । तेस्रो क्वाटरसम्म गोल्डेनगेट ५१-५० ले अघि थियो । तर चौथो क्वाटरमा टाइम्सले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो ।

पहिलो क्वाटरमा टाइम्सले २१-११ को अग्रता बनाएको थियो । तर दोस्रो क्वाटर २४-१३ ले आफ्नो पक्षमा पारेपछि हाफ टाइममा गोल्डेन गेटले ३५-३४ को अग्रता बनायो ।

तेस्रो क्वाटरमा दुवैले १६-१६ अंक स्कोर गर्दा गोल्डेनगेट अझै अघि थियो । तर चौथो क्वाटर २६-२० ले आफ्नो पक्षमा पार्दै टाइम्सले लिगमा विजयी सुरुवात गर्यो । टाइम्सको जितमा महत्वपूर्ण योगदान गरेका सदिश प्रधान एमभिपी घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *