नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्सबीच आगामी जुनमा स्कटल्याण्डमा हुने त्रिकोणात्मक टी-२० आई सिरिजको तालिका सार्वजनिक भएको छ ।

क्रिकेट स्कटल्यान्डले आगामी जुनमा ग्लास्गोको क्लाइडसडेल क्रिकेट क्लबमा हुने सिरिजको तालिका बिहीबार सार्वजनिक गरेको हो ।

नेपाल, नेदरल्याण्ड्स र आयोजक स्कटल्याण्डबीचको आईसीसी विश्वकप लिग २ सिरिजअन्तर्गत एकदिवसीय सिरिज सकिएपछि टि-२०आई सिरिज पनि हुनेछ ।

यस सिरिज जुन १५ देखि २० सम्म सञ्चालन हुनेछ । यस सिरिजले आगामी जुलाईमा हुने पुरुष टी-२० आई विश्वकप छनोट प्रतियोगिताको तयारीका लागि सहयोगी हुने अपेक्षा गरिएको छ ।

सबै खेलहरू बेलायती समयअनुसार दिउँसो २ बजेदेखि सुरु हुने जनाइएको छ । जसअनुसार नेपाली समय साँझ ७:४५ देखि खेल सुरु हुनेछ ।

खेल तालिका :

आइतबार १५ जुनः स्कटल्यान्ड भर्सेस नेदरल्याण्ड्स सोमबार १६ जुनः नेदरल्याण्ड्स भर्सेस नेपाल
मंगलबार १७ जुनः स्कटल्यान्ड भर्सेस नेपाल
बुधबार १८ जुनः नेदरल्याण्ड्स भर्सेस नेपाल
बिहीबार १९ जुनः स्कटल्यान्ड भर्सेस नेदरल्याण्ड्स
शुक्रबार २० जुनः स्कटल्यान्ड भर्सेस नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *