राजविराजमा जारी मधेश प्रिमियर लिगअन्तर्गत आइतबार भएको खेलमा जनकपुर सनराइज र बलान बिहुल विजयी भएका छन् ।
पहिलो खेलमा कोशी दुहबी क्यापिटल र जनकपुर सनराइजबिच भएको खेलमा जनकपुरले दुहबीलाई १९८ रनले पराजित गर्दै विजयी भएको हो । यसैगरी, दोस्रो खेलमा बलान बिहुलले काठमाडौं रोयल्सलाई ६ बिकेटले पराजित गर्दै विजयी भएको छ ।
पहिलो खेलमा टस जितेर कोशी दुहबीले जनकपुरलाई ब्याटिङ गर्न दिएपछि जनकपुरले २० ओभरमा ५ बिकेट गुमाएर २३५ रनको विशाल योगफल खडा गरेको थियो । जसमा टिमका लागि विशाल सुश्निंगले विष्फोटक ब्याटिंग गर्दै ८० रन अविजित रहँदै खेलेपछि टिमले ठूलो स्कोर बनाउन सकेको हो ।
यसैगरी, अर्का ब्याटर मयन यादवले ६६ रन, विशाल पटेल ४७ रन, र आदिल खान २५ रन बनाएका थिए। यता, बलिंगतर्फ साजनकुमार दास ३ बिकेट, नवीन यादव र आयुष रौनियारले एक एक बिकेट लिए । जवाफमा २३६ रनको लक्ष्य लिएका कोशी दुहबीले ७ओभर चार बलमा ३७ रन मात्र बनाउन सकेको थियो ।
दुहबीका नवीन यादव र मोहम्मद सोहिल १५/१५ रन बाहेक टिमका सातजना ब्याटर खाता नखोल्दै आउट भएका थिए।
खेलको प्लेयर अफ दि म्याच विशाल सुश्निंग घोषित भएको छ। यसैगरी, आजै काठमाडौं रोयल्स र बलान बिहुल सुपर किंगबिच भएको खेलमा टस जितेर काठमाडौंले ब्याटिंग गर्दै १५ ओभर चार बलमा सबै बिकेट गुमाएर ६५ रनको सानो योगफल खडा गरेका थिए। जसमा मिलन बोहरा ११ रन र रूपेश सिंहले १० रनबाहेक अन्य खेलाडीहरूले दोहोरो अंक पार गर्न सकेनन् ।
बलिंगतर्फ भुवन कार्की र अरनिकोप्रसाद यादवले उत्कृष्ट बलिंग गर्दै समान्य ४÷४ बिकेट हात पारेका थिए। भने राशिद खान र विवेक यादवले १÷१ बिकेट लिएका थिए।
जवाफमा बलान बिहुलले सात ओभर तीन बलमा चार बिकेट गुमाएर बिजयी भएको थियो । जसमा ईमरान शेखले अविजित ३२ रन खेल्दै टिमलाई जिततर्फ सहज गराएका थिए ।
यसैगरी लोकेश बमले १२ रन बनाएका थिए भने विकास दासले सात रन बनाउँदै अविजित खेलेका थिए । बलिंगतर्फ काठमाडौंका नरेन साउदले तीन बिकेट लिएका थिए । खेलको प्लेयर अफ दि म्याच भुवन कार्की घोषित भए ।
