भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपिएलमा) आज दुई खेल हुँदै छन् ।
पहिलो खेल गुजरात टाइटन्स र दिल्ली क्यापिटल्सबीच हुनेछ । अहमदाबादको नरेन्द्र मोदी रंगशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुने छ ।
यी दुई टिम अंकतालिकामा शीर्ष चारमा रहेका छन् । शीर्षस्थानमा रहेको दिल्लीले ६ खेलमा ५ खेल जितेको छ भने गुजरातले ६ खेलमा ४ खेल जितेको छ र तेस्रो स्थानमा छ ।
त्यस्तै आज दोस्रो खेलमा राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्सको सामना गर्नेछ । जयपुरको साई मानसिंह रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे खेलिनेछ ।
राजस्थानले हालसम्म ७ खेलमा २ जित मात्र निकालेको छ भने लखनउले ७ खेलमा ४ जित निकालेको छ । आज पराजित भएमा राजस्थानको प्लेअफ सम्भावना विस्तारै कठिन बन्दै जानेछ ।
