रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चौथो जित निकालेको छ ।

आइतबार भएको खेलमा आरसिबीले राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गर्दै चौथो जित निकालेको हो ।

राजस्थानले दिएको १७४ रनको लक्ष्य आरसिबीले १७.३ ओभरमा एक विकेट गुमाएर पूरा गर्‍यो । आरसिबीका लागि ओपनर फिल साल्ट र पूर्वकप्तान विराट कोहलीले अर्धशतकीय पारी खेले ।

साल्टले ३३ बलमा ६ छक्का र ५ चौकासहित ६५ तथा कोहलीले ४५ बलमा ४ चौका र ३ छक्काको सहयोगमा अविजित ६२ रनको पारी खेलेका हुन् । अविजित रहेका देवदत्त पाडिक्कलले २८ बलमा ५ चौका र १ छक्कासहित ४० रन जोडे ।

राजस्थानका लागि एकमात्र विकेट कुमार कार्तिकेयले लिए ।

त्यसअघि जयपुरस्थित सवाई मानसिंह स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ७३ रन बनायो । 

राजस्थानका लागि यशस्वी जैसवालले अर्धशतकीय पारी खेले । उनले ४७ बलमा १० चौका र २ छक्काको सहयोगमा ७५ रनको पारी खेलेका हुन् । यसैगरी ध्रुव जुरेलले अविजित ३५, रियान परागले ३० र कप्तान सञ्जु सामसनले १५ रन जोडे ।

आरसिबीका लागि भुवनेश्वर कुमार, यश दयाल, जोश हेजलउड र कृणाल पाण्ड्याले समन १ विकेट लिए ।  

जितसँगै ६ खेलमा ८ अंक जोडेको आरसिबी तेस्रो स्थानमा उक्लिएको छ । पराजित राजस्थान समान खेलबाट ४ अंकका साथ सातौं स्थानमा छ ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *