इण्डियन प्रिमियर लिग (आइपिएल) मा दिल्ली क्यापिटल्सको अपराजित यात्रा टुंंगिएको छ ।
मुम्बईले दिल्लीलाई १२ रनले पराजित गरेको हो । मुम्बईको यो दोस्रो जित हो । २ सय ६ रनको लक्ष्य पछ्याएको मुम्बईले १९ ओभरमा सबै विकेट गुमाएर १ सय ९३ रन मात्र बनाउन सक्यो ।
दिल्लीका एकै ओभरमा अन्तिम ३ खेलाडी रनआउट भएपछि जारी आइपिएलमा पहिलो हार बेहोरेको छ ।
रनको खाता नखोली पहिलो विकेट गुमाएपनि अभिषेक पोरेल र करुण नायरले दोस्रो विकेटका लागि १ सय १९ रनको साझेदारी गर्दै दिल्लीलाई बलियो अवस्थामा पुर्याएका थिए । तर त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन् ।
नायरले ४० बलमा १२ चौका र ५ छक्कासहित ८९ रनको महत्वपूर्ण इनिङ खेले । पोरेलले २५ बलमा ३ चौका र १ छक्कामा ३२ रन जोडे ।
केएल राउल १५, आशुतोष शर्मा १७, विपराज निगम १४ रन बनाएर आउट भए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
मुम्बईका करन शर्माले ३, मिचेल सान्टनेरले २, दीपक चेहेर र जसप्रति बुमराहले समान १ विकेट लिए ।
त्यस अघि अरुण जेटली स्टेडियममा टस जितेर दिल्लीले फिल्डिङ रोज्यो । २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ५ रन जोड्यो ।
ओपनर रोहित शर्मा १८ रनमा आउट हुँदा मुम्बईले ४७ रन जोडेको थियो । अर्का ओपनर रायन रिक्लट्न ४१ रनमा पबिलियन फर्किए ।
त्यसपछि सूर्य कुमार यादव र तिलक वर्माले तेस्रो विकेटको लागि ६० रनको साझेदारी गरे । सूर्य कुमार ४० रन जोडेर आउट भए । हार्दिक पाण्ड्याले मात्र २ रन बनाए ।
तिलकले भने अर्धशतक बनाए । ३३ बल खेल्दै ६ चौका र ३ छक्का सहित ५९ रनको पारी खेले । नमन धिरले १७ बल खेल्दै अविजित ३८ रन बनाए । बलिङमा विपराज निगम, कुलदीप यादवले समान २ र महेश कुमारले विकेट लिए ।
५ खेलमा ८ अंक जोडेको दिल्ली अंक तालिकाको दोस्रो स्थानमा झरेको छ । मुम्बई ६ खेलमा ४ अंकसहित सातौं स्थानमा उक्लिएको छ ।
