हङकङमा जारी चार देशीय टी-२० सिरिजको उपाधि जित्न नेपालले १७५ रनको लक्ष्य पाएको छ ।
टस जितेर नेपालका कप्तान रोहित पौडेलले कुवेतलाई पहिला ब्याटिङको निम्तो दिएका थिए । कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो ।
कुवेतका लागि ओपनर रविजा सन्दारुवानले सर्वाधिक ६० रन बनाए । यसैगरी क्लिन्टो एन्टोले २६, मिट भावसार १६ र मोहम्मद उमर अब्दुल्लाले २३ रनको योगदान दिए ।
नेपालका लागि नन्दन यादव र सोमपाल कामीले समान २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।
