लखनउले गुजरातलाई हरायो

२०८१, २९ चैत्र शनिबार १९:५३

लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को आज गुजरात टाइटन्सले लाई ५ हराएको छ ।

१ सय ८१ रनको मध्यम लक्ष्य लखनउले निर्धारित २० ओभरमा ३ बल बँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

लखनउलाई जित दिलाउन एडन माराक्रम र निकोलस पुरनले अर्धशतक पूरा गरे । ३१ बलमा ९ चौका र १ छक्कासहित मारक्रमले ५८ रन बनाए ।

३४ बल खेलेका पुरनले ७ छक्का र १ चौका साथ सर्वाधिक ६१ रन जोडे । आयुष बादोनीले २० बलमा २ चौका र १ छक्कामा नटआउट २८ रन जोडे । अर्का ओपनर कप्तान ऋषभ पन्तले २१ रन जोडे ।

लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा भएको खेलमा त्यसअघि लखनउले टस जितेर फिल्डिङ रोजेको छ ।

ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनले अर्धशतक पूरा गरेको खेलमा गुजराजले ६ विकेटको नोक्सानीमा १ सय १ सय ८० रन बनाएको थियो । गिल र सुदर्शनले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेपनि त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन् ।

गिलले ३८ बलमा ६ चौका र १ छक्कासहित टोलीकस लागि सर्वाधिक ६० रन बनाए । ३७ बल खेलेका सुदर्शनले ७ चौका र १ छक्काका साथ ५६ रन जोडे । जस बटलरले १६, सेर्फाने रुथरफोर्डले २२ र मोहम्मद शाहरुख खानले ११ रन बनाए ।

लखनउका सार्दुल ठाकुर, रवि विष्नोईले समान २ तथा दिगवेश राष्ठी र अभेष खानले समान १ विकेट लिए ।

लखनउ ८ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको दिल्ली क्यापिटल्स र दोस्रो स्थानको गुजरातको पनि समान ८ अंक छ । लखनउ र गुजरातले ६ खेल खेलिसक्दा दिल्लीको २ खेल कम खेलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *