पोखरामा जारी दोश्रो संस्करणको केपी ओली कप टी-२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा गण्डकी हिरोज र हिमालयन क्रिकेट एकेडेमीले आ-आफ्नो खेलमा जित हासिल गरेका छन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको चौथो दिन समूह ‘बी’ तर्फका दुई खेल सम्पन्न भए ।

मंगलबारको पहिलो खेलमा हिमालयन क्रिकेट एकेडेमीले ग्रेट हिमालयन क्रिकेट एकेडेमीमाथि २ विकेटको जित हासिल गरेको छ ।

१६३ रनको विजयी लक्ष्य पाएको हिमालयन क्रिकेट एकेडमीले १९.२ ओभरमा ८ विकेट गुमाउँदै १६७रन बनाउँदै जित हासिल गर्यो । हिमालयनका ओपनर दिपक बोहोरा ‘बी’ ले ३३ रनको योगदान दिदौ क्याच आउट भए। उनले २९ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

दिपक बोहोरा १ रनमा क्याचआउट भए । खडक बोहोरा १९ मा क्याचआउट र प्रतिश जिसी १० रनमा बोल्ड भए । हिमाल दुल्याल ५ र अभिषेक बुढायर ९ रनमा आउट भए। सोनु देवकोटा ३६ रनमा नटआउट रहे । उनले २१ बलमा १ चौका र ३ छक्का प्रहार गरे ।

दिपेश विष्ट शुन्यमै पेभिलियन फर्किए। प्रकाश जैसी १४ रनमा आउट हुँदा दिपक चन्द २७ रनमा नटआउट रहे। उनले १० बलमा १ चौका र ३ छक्का प्रहार गरे । ग्रेट हिमालयका लागि सन्दिप पराजुली, किरण बुढायर र इशान पाण्डेले समान २-२ तथा चन्द्रकान्त पौडेल र रुपेश कुमार श्रीवास्तबले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर व्याटिङ थालेको ग्रेट हिमालय क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाउदै १६२ रन बनाएको थियो ।

अभिषेक थापा ४२ रनमा नट आउट रहे । उनले ३४ बलमा ४ चौका र १ छक्का प्रहार गरे । किरण बुढामगर १ रनमा नट आउट रहे । ओपनर इशान पाण्डे १४ रनमा क्याच आउट भए । कृष कार्की १६ रनमा क्याछ आउट भए । दिपेश बुढा मगर शुन्यमै पेभेलियन फर्कीए ।

उत्तम रंघु थापा मगर १७ रनमा क्याच आउट भए । अशोक पौडेल ३७ रन बनाउदै क्याच आउट भए । उनले २६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । दिपक केवत १३ रनमा क्याच आउट भए । रुपेश कुमार श्रीवास्तव ८ रनमा क्याच आउट भए भने चन्द्रकान्त पौडेल ६ रनमा बोल्ड भए । सन्दिप पराजुली शुन्यमा पेभेलियन फर्किए ।

हिमालय क्रिकेट एकेडेमीका लागि प्रतिश जिसि, प्रकाश जैशी, दिपक बोहोरा र सुवास खत्रीले समान २-२ विकेट लिए भने दिपक चन्दले १ विकेट लिए । उक्त खेलको प्लेयर अफ दी म्याच हिमालयनका दिपक चन्द घोषित भए ।

दोस्रो खेलमा गण्डकी हिरोजले चितवन क्रिकेट क्लब माथि ४ विकेटको जित हासिल गरेको छ ।

१३६ रनको विजयी लक्ष्य पाएको गण्डकी हिरोजले १३.३ ओभरमा ६ विकेट गुमाउँदै १३९ रनका साथ लक्ष्य पुरा गर्यो। गण्डकीले उत्कृष्ट सुरुवात गरेको थियो ।

ओपनर सक्वि हुकले ४२ रनको योगदान दिदै क्याच आउट भए । उनले २० बलमा ६ चौका र २ छक्का प्रहार गरे । अर्जुन कुमालले ३७ रनको योगदान दिर्दै बोल्ड आउट भए। उनले २० बलमा ७ चौका प्रहार गरे। दिपक डुम्रे १८ रनमा बोल्ड भए । सुजन थपलिया शुन्यमा एल्बी डब्लु आउट भए ।

बसन्त कार्की ९, अमिर गुरुङ ६ रनमा आउट भए । मिलन बोहोरा ५ र सुदिप अर्याल १ रनमा नटआउट रहे ।

चितवनका लागि दिपेश श्रेष्ठले सर्वाधि ३ विकेट लिएपनि टोलीलाई जित दिलाउन भने सकेनन् । उनले ३ ओभरमा २५ रन खर्चेर ३ विकेट लिएका हुन् । यस्तै किरण गुरुङ, कमल परियार र प्रतिक श्रेष्ठले समान १-१ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको चितवन क्रिकेट क्लबले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन बनाएको थियो ।

ओपनर आसुतोस घिराया १६ रनमा रनआउट भए। गोविन्द विक १२ रनमा रनआउट भए । विवेश रानामगर १६ रनमा क्याचआउट भए । प्रतिक श्रेष्ठले ३९ रन बनाउँदै क्याचआउट भए । उनले २७ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

गौतम केसी १२ रनमा एलबी डब्लु आउट भए। दिपेश श्रेष्ठ २ रनमा क्याच आउट भए । कमल परियार ५ रनमा क्याच आउट भए । रिजन काफ्ले ३ रनमा आउट भए भने क्रिजन गुरुङ ३ रनमा रनआउट भए । सुर्यान्सु कोइराला १७ र नरेश प्रधान शुन्यमा नटआउट रहे । सुर्यान्सुले १० बलमा २ चौका र १ छक्का प्रहार गरे ।

गण्डकी हिरोजका लागि सुदिप अर्यालले २ तथा विपिन खत्री, कृष्ण पोडेल, नारायण जोशी, मिलन बोहोराले समान १-१ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच गण्डकी हिरोजका सक्वि हुक घोषित भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *