आईपिएलमा आज दुई खेल हुँदै

२०८१, २५ चैत्र मंगलवार ०९:२०

भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत आज दुई खेल हुँदै छन् ।

आज पहिलो खेल कोलकोता नाइट राइडर्स र लखनउ सुपर जाइन्टबीच हुदै छ । कोलकोताको इडेन गार्डेनमा हुने यो खेल अपराहन्न ३ः४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म कोलकोताले ४ खेलमा २ जित र २ हर बेहोरेको छ । त्यस्तै लखनउले पनि ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

त्यसैगरी आज अर्को खेल पञ्जाव किंग्स र चेन्नई सुपर किंग्सबीच हुँदै छ । पञ्जावको घरेलु मैदान मुल्लनपुर स्टेडियममा हुने यो खेल राती ७: ४५ बजेदेखि शुरु हुने छ ।

जारी आइपिएलमा अहिलेसम्म पञ्चावले ३ खेलमा २ जित र एक हार बेहोरेको छ भने चेन्नईले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *