मुम्बई इन्डियन्सका तीब्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन् ।
ढाडको चोटका कारण आइपिएलका सुरुवाती चार खेल गुमाएका बुमराह अब मैदानमा फर्किन तयार भएका हुन् । मुम्बई इन्डियन्सले सामाजिक सञ्जालमार्फत बुमराह फर्किएको जानकारी दियो ।
उनले अष्ट्रेलियाविरुद्धको टेस्ट शृंखलाको दोस्रो खेलयता कुनै प्रतिस्पर्धात्मक क्रिकेट खेलेका थिएनन् । ढाडको चोटले गर्दा उनले आइसिसी च्याम्पियन्स ट्रफी समेत गुमाएका थिए ।
बुमराहको अनुपस्थितिमा मुम्बई इन्डियन्सको प्रदर्शन खासै सन्तोषजनक देखिएको छैन । अहिलेसम्म खेलेका चार खेलमध्ये मुम्बईले केवल एक जित हात पारेको छ र दुई अंकका साथ अंक तालिकाको आठौं स्थानमा रहेको छ ।
