सिन्धुपाल्चोक । चौथो तोप २१ तथा चौतारा साँगाचोकगढी नगर कप राष्ट्रिय खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
चौतारा टुडिखेलस्थित मिनी रंगशालामा बुधबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिसले उपाधि हात पारेको हो ।
पुलिसले पहिलो सेट, २५-१६, दोस्रो सेट २५-१८ र तेस्रो सेट २५-२२ ले सहजै आफ्नो पक्षमा पार्यो ।
प्रतियोगितामा तेस्रो स्थानको लागि भएको खेलमा कोशी प्रदेशले शसस्त्र प्रहरी बलका एपिएफलाई ३-० को सेटमा पराजित गरेको छ ।
उपाधिसँगै पुलिसले नगद ३ लाख दोस्रो हुने गण्डकी प्रदेशले नगद १ लाख ५० हजार र तेस्रो हुने कोशी प्रदेशले नगद ७५ हजार रुपैयाँसहित शिल्ड तथा मेडल पुरस्कार प्राप्त गरे ।
समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री युवाराज दुलालले पुरस्कार वितरण गरेका हुन् । उनले मिनि रंगशाला निमार्ण सम्पन्न गर्न पहल गर्ने बताएका छन् ।
