राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो जित हात पारेको छ । चेन्नई सुपर किड्सलाई ६ रनले हराउँदै राजस्थानले जित निकालेको हो ।

जितको लागि १ सय ८३ रनको लक्ष्य पछ्याएको चेन्नई २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रनमा समेटियो ।

ओपनर रचिन रविन्द्र रनको खाता नखोली आउट भए। दोस्रो विकेटका लागि राहुल त्रिपाठी २३ रनमा र धिवम दुबे १८ रनमा पबिलियन फर्किए ।

३ विकेटको नोक्सानीमा ७२ रन जोडेको चेन्नईले कमजोर सुरुवात गर्यो । लगतै विजय शंकर ९ रनमा आउट भए ।

क्रिजमा टिकेका कप्तान ऋतुराज गाइक्वाडले ३७ बलमा ७ चौका प्रहार गर्दै अर्धशतक बनाउन सफल रहे । तर उनी ६३ रन जोडेर आउट भएसँगै चेन्नई हार नजिक पुगेको थियो । उनले ४४ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे ।

रविन्द्र जडेजा अविजित ३२ रनमा रहे पनि जितको लागि प्रयाप्त भएन् । महेन्द्र सिंह धोनीले १६ रन जोडे । बलिङमा वानिन्डु हसरङ्गाले ४ ओभर बलिङ गर्दै ४ विकेट लिए ।

त्यसअघि चेन्नईले टस जितेर राजस्थानलाई ब्याटिङका लागि आमन्त्रण गरेको थियो । राजस्थानले २० ओभरमा ९ विकेटको नोक्सानीमा १ सय ८२ रनको योगफल बनायो ।

ओपनर यशस्वी जैसवाल (५ रन) लाई सस्तैमा गुमाएको राजस्थानलाई अर्का ओपनर सन्जु सामसनले र नितिन रानाले दोस्रो विकेटका ८२ रनको साझेदारी गरे । सामसनले १६ बलमा समान १ छक्का र चौकासहित २० रन जोडे ।

नितिनले मात्र ३६ बलमा १० चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ८१ रन बनाए । नितिन र कप्तान रियान परागले तेस्रो विकेटका लागि ३८ रनको साझेदारी गरे । परागले २८ बलमा समान २ छक्का र चौकाको मद्दतमा ३७ रन जोडे ।

सिमरोन हेटमोयरले १९ रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । खलिल अहमद, नुर अहमद, मथिसा पथिरानाले समान २, रविचन्द्रन आश्विन र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

लगातारको दोस्रो हारपछि पहिलो जित निकालेको राजस्थानले ३ खेलबाट २ अंक बनाएको छ । लगातार दोस्रो खेलमा पराजित चेन्नईसँग पनि ३ खेलमा २ अंक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *