प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको इतिहासमा त्रिभुवन आर्मी क्लबविरुद्ध मधेश प्रदेशले पहिलो पटक जित हासिल गरेको छ ।
बुधवार भएको खेलमा मधेशले आर्मीलाई ३ विकेटले हराउँदै ऐतिहासिक जित हात पारेको हो । मधेशले आर्मीलाई समग्रमा दोस्रो पटक र पिएम कपमा पहिलो पटक हराएको हो ।
सन् २०२३ मा पोखरामा भएको केपी ओली कपको फाइनलमा आर्मीलाई हराउँदै मधेश च्याम्पियन भएको थियो । आर्मीले दिएको २१८ रनको लक्ष्य मधेशले ४८ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।
मधेशका लागि कप्तान अनिल साहले ४५, रुपेश सिंहले अविजित ३८, हरिशंकर शाह र पवन सराफले समान ३७, शैलेन्द्र साहले १५, निखिल सिंहले अविजित १४ तथा दिपेश दास र मायन यादवले समान १० रन बनाए ।
आर्मीका लागि नरेन साउदले ३ तथा सोमपाल कामी र बसिर अहमदले समान २ विकेट लिए ।
त्यसअघि लमहीस्थित देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २१७ रनको योगफल तयार गरेको थियो ।
मधेशका लागि कप्तान अनिल साहले ४५, रुपेश सिंहले अविजित ३८, हरिशंकर शाह र पवन सराफले समान ३७, शैलेन्द्र साहले १५, निखिल सिंहले अविजित १४ तथा दिपेश दास र मायन यादवले समान १० रन बनाए ।
मधेशका लागि पवन सरार्फ, कमल गुप्ता र रुपेश सिंहले समान २ तथा रञ्जित कुमारले १ विकेट लिए ।
प्रतियोगितामा आर्मीले पहिलो हार बेहोरेको छ । खेलेको ५ खेलमा अपराजित रहँदै दोस्रो स्थानमा रहेको आर्मीको यस संस्करणको पहिलो हार हो । हार पछि पनि आर्मी ६ खेलमा १० अंकका साथ दोस्रो स्थानमा छ । विजयी मधेशले पाँचौ खेलमा दोस्रो जित हात पारेको छ ।
