सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई पराजित गरेको छ ।

बुधवार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ५ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको ११७ रनको लक्ष्य सुदूरपश्चिमले ३१.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

सुदूरपश्चिमका लागि किरण ठगुन्नाले अविजित ४३, कप्तान नारायण जोशीले अविजित २५, प्रकाश पाण्डेले २२ र खडक बोहराले ११ रन बनाए । लुम्बिनीका लागि रमेश कुर्मीले २ तथा विप्रसन केसी, अजय चौहान र निर्मल गुरुङले समान १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४४.१ ओभरमा ११६ रनमा अलआउट भएको थियो ।

लुम्बिनीका लागि कप्तान देव खनालले ४१ र प्रज्वल थापाले ३० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । सुदूरपश्चिमका लागि हेमन्त धामीले ४ तथा सौय श्रेष्ठ, शेर मल्ल र मिलन बोहोराले समान २ विकेट लिए ।

जितसँगै सुदूरपश्चिमको प्रतियोगितामा ६ खेलबाट ४ अंक भएको छ । पराजित लुम्बिनी ६ खेलमा ८ अंकका साथ तेस्रो स्थानमा यथावत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *