लुम्बिनीले बागमतीलाई हरायो

२०८१, २ चैत्र आईतवार १५:०१

लुम्बिनी प्रदेशले प्रधानमन्त्री (पिएम) एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशलाई पराजित गरेको छ ।

आइतवार भएको खेलमा लुम्बिनीले बागमतीलाई ४८ रनले पराजित गरेको हो । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२.५ ओभरमा ६७ रनमा अलआउट भयो ।

बागमतीका लागि कप्तान पुथु बास्कोटाले सर्वाधिक १५ रन जोडे । उनले २५ बलमा २ चौका प्रहार गरे । ओपनर आशुतोष घिरैया र सुमन सुनार समान ११ रनमा आउट भए । बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

लुम्बिनीका लागि अजय चौहान र विप्रेशन केसीले समा ३ तथा रमेश कुर्मी र निर्मल गुरुङले समान २ विकेट लिए ।

त्यसअघि दाङको लमहिस्थित देउखुरी क्रिकेट रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेश ३२.४ ओभरमा ११५ रनमा अल आउट भएको थियो ।

लुम्बिनीका लागि आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए। उनले ५३ बलमा १ छक्का प्रहार गरे । ओपनरद्वय मिर्नाल गुरुङ र मनिष थापाले क्रमशः ५ र १५ रन बनाए । कप्तान देव खनालले १५ रन बनाउँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

बागमतीका लागि गौतम केसीले सार्वधिक ४ विकेट लिए । सुर्य तामाङ र इशान पाण्डेले समान २ तथा सोनु देवकोटा र रिजन ढकालले समान १ विकेट लिए ।

जितसँगै ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी तेस्रो स्थानमा छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलीको सहभागिता छ । सिङ्गल राउण्डमा जारी प्रतियोगिताको शीर्ष २ टोलीबीच फाइनल खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *