लुम्बिनी प्रदेशमा जारी प्रधानमन्त्री (पिएम) कप पुरुष क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदै छन् ।
आज कोशी प्रदेश र मधेश प्रदेशबीच खेल हुँदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । कोशी प्रदेशले पहिलो खेलमा हार बेहोरेको छ भने मधेश प्रदेशको भने यो पहिलो खेल हो ।
त्यस्तै, आज अर्को खेल गण्डकी प्रदेश र कर्णाली प्रदेशबीच खेल हुदै छ । देउखुरी क्रिकेट मैदानमा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । अहिलेसम्म कर्णालीले पहिलो खेलमा जित हासिल गरेको छ भने गण्डकीले पहिलो खेलमा हार बेहोरेको छ ।
क्यानका अनुसार चैत्र १६ गतेसम्म चल्ने प्रतियोगितामा कुल ४६ खेल हुनेछन् । प्रतियोगितामा ७ प्रदेश तथा ३ विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपिएफ गरी १० टिम सहभागी छन् ।
खेल तालिकाअनुसार प्रत्येक टोलीले एक अर्का टिमसँग प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
