प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि मधेस प्रदेशको टोली घोषणा भएको छ ।
शनिबार मधेस प्रदेश क्रिकेट संघले अनिल शाहको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।
आगामी आइतवारबाट प्रतियोगिता सुरु हुनेछ । पहिलो पटक प्रतियोगिताका सबै खेल काठमाडौं बाहिर हुदैछ । यस संस्करणको प्रतियोगिता लुम्बिनी प्रदेशका ३ क्रिकेट मैदानमा हुदैछ । प्रतियोगिताका खेलहरु रुपन्देहीका २ तथा दाङमा रहेको १ क्रिकेट मैदानमा हुदैछ ।
प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोली सहित १० टिमको सहभागीता रहेको छ । सिङ्गल राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष २ टोलीबीचमा फाइनल खेल हुनेछ ।
मधेशको टोली
अनिल साह, पवन सरार्फ, मयन यादव, कमल गुप्ता, निखिल सिंह, रञ्जित कुमार, राजेश यादव, विशाल पटेल, रोहन विक, प्रदिप पासवान, रुपेश सिंह, दिपेश दास, हरिशंकर साह, शैलेन्द्र साह र सन्नी साह
टिम मुख्य प्रशिक्षकमा सुनिल साह तथा सहायक प्रशिक्षकमा शिब तण्डुकार रहेका छन् ।
