फुल कन्ट्याक्ट करातेको इतिहासमा नेपालले पहिलो पटक सबैभन्दा ठूलो पदक हासिल गरेको छ ।

चौंथो विश्व क्योकुशीन तेजुका कराते प्रतियोगितामा दावा शेर्पाले कातातर्फ रजत पदक जित्दै नेपाललाई ऐतिहासिक पदक दिलाएका हुन् ।

जापानको फुकुओका स्टेडियममा भएको फाइनलमा दावा फ्रान्सका खेलाडी जेरेमी डेडियुसँग पराजित भए । नेपाल क्योकुशीन कराते (इको) संघका २८ वर्षीय दावा शेर्पा सोलुखुम्बुका हुन् ।

त्यस्तै कुमैतेतर्फ नेपालका मनिषकुमार कार्की जापानका खेलाडी हेटे नगनेसँग कडा प्रतिस्पर्धाकाबीच परराजित हुन पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *