गौशाला । महोत्तरीको गौशालास्थित कभर्डहलमा १८औं राष्ट्रिय बुदोकैदो फुल कन्ट्याक्ट कराते प्रतियोगिता सुरु भएको छ ।

नेपाल बुदोकैदो फुल कन्ट्याक्ट संघको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन महोत्तरीको गौशाला नगरपालिकाका नगरप्रमुख डा. दिपेन्द्र महतोले गरेका थिए ।

७ प्रदेशका तीन सय खेलाडीहरू सहभागी रहेको प्रतियोगितामा महिलातर्फ ६ र पुरुषतर्फ ८ समूहका खेल समावेश गरिएको छ ।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा पुरुषतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ ।

३० केजी पुरुषतर्फ सेमिफाइनलमा सुदूरपश्चिम प्रदेशका किरण भण्डारीले बागमतीका अग्रिम सापकोटा तथा लुम्बिनीका अर्जुन थिङले सुदूरका राम बिकसँग खेल्नेछन् ।

३५ केजी पुरुषतर्फ मधेस प्रदेशका ब्रहमदेव महतोले मधेसकै सनराज अधिकारी तथा बागमतीका सैलेन्द्र तामाङले कोशीका जियान अधिकारीसँग खेल्नेछन् ।

४० केजी पुरुषतर्फ बागमतीका साजन वाइबाले सुदूरका खगेन्द्र विष्ट तथा बागमतीका दिपेश तामाङले सुदूरका दिपेश भट्ट सुदूरसँग खेल्नेछन् ।

४५ केजी पुरुषतर्फ कर्णालीका दिप्रेन्द्र पैरीले कोशीका शुलम लिम्बु तथा लुम्बिनीका सम्योग थपलियाले सुदूरका बासुदेश खडायत सुदूरको सामना गर्नेछन् ।

५० केजी पुरुषतर्फ बागमतीका शशी प्रशाद बिकले मधेशका साइान लुङ्गेली मगर तथा मधेसका पुष्पलाल श्रेष्ठले मधेसकै चन्दन शाह सँग खेल्नेछन् ।

५५ केजी पुरुषतर्फ क्वाटरफाइनल खेलमा सुदूरका प्रकाश भण्डारीले कर्णलीका बिबेक रोकायसँग, कोशीका अनमोल राईले केशीकै प्रेम बहादर श्रेष्ठसँग, बागमतीका रा शाहीले मधेसका गौरीसंकर शिहसँग र गण्डकीका बिशाल डोङले सुदूरका निर्मल बिकेसँग खेल्नेछन् ।

यस्तै, पुरुष ६० केजी, पुरुष खुल्ला र महिलातर्फाका खेलहरु शनिबार नै हुनेछ भने प्रतियोगिताको समापन पनि शनिबारै हुने बुदोकैदो फुल क्यान्ट्क्स कराँतेका बरिष्ठ तथा मुख्य जुरी केदारमान स्थापितले जानकरी दिए ।

प्रतियोगिताका विजेता खेलाडीहरुले नगदसहित ट्रफी मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगिताले नेपालमा कराते खेलको प्रवर्द्धन गर्नुका साथै युवा खेलाडीहरूको प्रतिभा निखार्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको वागमती बुदोकैदो संघका अध्यक्ष प्रेम शाहले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *