सूर्य नेपाल गल्फ टूर को पाँचौ प्रतियोगिता एनपीजीए टूर च्याम्पियनसिप मगंलबार सुरु हुँदै छ । प्रतियोगिता मगंलबारबाट सुरु भएर शुक्रबार सकिने छ ।
प्रतियोगितामा ३० जना खेलाडीले सहभागीता जनाउने छन् ।
जहाँ नेपालका टप गल्फर भुवन नगरकोटी, निरज तामाङ, रवि खड्गा, दिनेश प्रजाप्रति, जयराम श्रेष्ठ, धना थापा र सन्जय लामाले उक्त प्रतियोगितामा सहभागीता जनाउने छन् ।
प्रतियोगिता ७२ होलको हुनेछ, जहाँ ३६ होलको खेलपछि कट बनाउने २१ गल्फर अन्तिम ३६ होलको लागि प्रतिस्पर्धा गर्नछन् ।
प्रतियोगिताको विजेताले १ लाख पचास हजार रुपैयाँ पाउने छन् भने दोस्रो हुनेले १ लाख र तेस्रो हुनेले ७५ हजार रुपैयाँ पाउने छन् । आयोजकले शीर्ष २१ मा पर्नलाई पनि पुरस्कारको व्यवस्था गरेको छ ।
यसअघि सूर्य नेपाल गल्फ टुरअन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपन, सूर्य नेपाल काठमाडौं ओपन, सूर्य नेपाल इस्टर्न ओपन, सूर्य नेपाल वेस्टर्न ओपन र सूर्य नेपाल च्यालेन्ज प्रतियोगिता भइसकेको छ ।
