धरान । धरानमा फागुन ९ र १० गते खुकुरी रनिङ गल्फ प्रतियोगिता आयोजना हुने भएको छ। कोशी प्रदेश गल्फ एसोसिएसन र धरान गल्फ क्लबको संयुक्त आयोजनामा यो प्रतियोगिता हुने भएको हो ।

नेपाल डिस्टिलरीद्वारा प्रायोजित यस प्रतियोगिता तेस्रो संस्करण रहेको कोशी प्रदेश गल्फ एसोसिएसनका अध्यक्ष सुयेश प्याकुरेलले बताए । प्रतियोगिता दुई दिनसम्म सञ्चालन हुनेछ, जसमा पहिलो दिन शुक्रवार जुनियरतर्फको प्रतिस्पर्धा हुनेछ भने दोस्रो दिन शनिवार एमेटुएर च्याम्पियनसिप आयोजना हुनेछ ।

प्रतियोगितामा काठमाडौं, पोखरालगायत विभिन्न स्थानहरूबाट नेपालभरिका १०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ । विशेष गरी जुनियरतर्फको प्रतिस्पर्धामा देशभरका जुनियर खेलाडीहरूले सहभागिता जनाउने छन् ।

कोशी प्रदेश गल्फ एसोसिएसनका सदस्य राजीव घिमिरेका अनुसार प्रतियोगितामा १८ वटा शीर्षकमा पुरस्कार वितरण गरिनेछ ।

यो प्रतियोगिता धरानस्थित विपी विज्ञान प्रतिष्ठानमा रहेको धरान गल्फ क्लबमा आयोजना हुने क्लबका कार्य बाहक अध्यक्ष दियोरज पाख्रिनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *