नेपाल क्रिकेट संघ (क्यान) ले युगान्डा भ्रमणका लागि १८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
क्यानले मंगलबार उनीहरूलाई बोलाएको हो । क्यानका अनुसार नेपालले युगान्डासँग ६ मार्चदेखि १७ मार्चसम्म श्रृंखला खेल्नेछ ।
बन्द प्रशिक्षणमा सना प्रविण, सिमाना केसी र रिया शर्माले पहिलोपल्ट स्थान बनाएकी छन् । यी खेलाडीले नेपाललाई एसिया कप र आइसिसी यु-१९ विश्वकपमा पुऱ्याएका थिए ।
यसैगरी भर्खरै सम्पन्न त्रिकोणात्मक शृंखला खेलेका सीता रानामग र कविता कुँवरलाई टोलीमा राखिएको छैन ।
यसअघि नेपालले घरेलु मैदानमा नेपालले त्रिकोणात्मक अन्तराष्ट्रिय सिरिज खेलेको थियो । जहाँ नेपालले खेलेको सबै ६ खेलमा हार बेहोरेको थियो ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
इन्दु बर्मा (कप्तान), रुविना क्षेत्री, विन्दु रावल, पूजा महतो, सबनम राई, सोभा रोकाय, सम्झना खड्का, ममता चौधरी, राजमति ऐरी, रोमा थापा, रचानकुमारी चौधरी, मनिषा उपध्याय, कविता जोशी, ईश्वरी विष्ट, अलिशाकुमारी यादव, साना प्रविन, सीमाना केसी, रिया शर्मा ।
