धनगढी । धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदै छ ।

आज दिउँसो १२:१५ बजे देखि सुरु हुने खेलमा उपाधिका लागि सिबाईसी अत्तरिया र फेण्ड्स क्लब डडेल्धुरा बिच प्रतिस्पर्धा हुने छ ।

आइतवार भएको देस्रो सेमिफाइनल खेलमा अत्तरियाले धनगढीलाईलाई पराजित गर्दै फाइनमा पुगेको हो भने शनिवार भएको पहिलो सेमिफाइनल खेलमा डडेल्धुरा न्यु होराईजन बुटवललाई पराजित गर्दै फाइनमा पुगेको थियो ।

धनगढीको फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा विजेता टिमले नगद १० लाख र उपविजेताले नगद ५ लाखसहित ट्रफी पाउनेछन् ।

प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०-५० हजार पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *