भारतले इङल्याण्डविरुद्धको एकदिवसीय सिरिजमा लगातार दोस्रो जित निकालेको छ । गएराति सम्पन्न सिरिजको दोस्रो खेलमा घरेलु टोली भारत ४ विकेटले विजयी भएको हो । 

इङल्याण्डले दिएको ३०५ रनको लक्ष्य पछ्याएको भारतले ४४.३ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । भारतका लागि कप्तान रोहित शर्माले ९० बलमा १२ चौका र ७ छक्काको सहयोगमा ११९ रन जोडेका हुन् । शर्माको यो ३२औं एकदिवसीय शतक हो । 

यसैगरी शुभमन गिलले ५२ बलमा ६० रन जोडे । यी दुईले पहिलो विकेटका लागि १६.४ ओभरमा १३६ रनको साझेदारी गरे । श्रेयास ऐयारले ४४ तथा अक्षर पटेलले अविजित ४१ रनको योगदान गरे । 

इङ्ल्यान्डका जेमी ओभरटनले ५ ओभरमा २७ र खर्चेर २ विकेट लिए ।

त्यसअघि कट्टकस्थित बारबती स्टेडियममा टस जितेर पहिला ब्याटिंग रोजेको इङ्ल्याण्डले ४९ दशमलव ५ ओभरमा अलआउट हुँदै ३०४ रनको योगफल तयार पारेको थियो ।

इङ्ल्यान्डले राम्रो सुरुवात गरे पछिल्लोक्रम टिक्न सकेन । इङ्ल्यान्डका फिल साल्ट र बिन डकेटले पहिलो विकेटका लागि १०.५ ओभरमा ८१ रनको साझेदारी गरे । डकेटले ५७६ बलमा ६५ तथा साल्टले २९ बलमा २७ रनको योगदान गरे । इङ्ल्यान्डका जोए रुटले ६९ रन जोडे । लिभिङ लियाम स्टोनले ३२ बलमा ४१ रन जोडे ।

भारतका रवीन्द्र जडेजाले १० ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए ।

योसँगै भारतले ३ खेलको सिरिज एक खेलअघि नै २–० ले जितेको छ । अब सिरिजको अन्तिम खेल बुधबार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *