आईसीसी च्याम्पियन्स ट्रफी २०२५ का लागि घोषणा गरिएको दक्षिण अफ्रिकी टोलीमा ठूलो परिवर्तन आएको छ । प्रमुख फास्ट बलर एनरिच नोरट्जे पछिल्लो समय देखिएको ढाडको चोटका कारण प्रतियोगिताबाट बाहिरिनु परेको छ ।
उनको स्थानमा ३० वर्षीय उदयीमान तीव्र गतिका बलर कोर्बिन बोसलाई समावेश गरिएको छ । बोसले दक्षिण अफ्रिकाका लागि डिसेम्बर २०२४ मा अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए । उनले अहिलेसम्म मात्र एकदिवसीय र एक टेस्ट खेल खेलेका छन् ।
दक्षिण अफ्रिकाले नोरट्जेको स्थानमा बोसलाई टोलीमा समावेश गर्नुका साथै, युवा तीव्र गतिका बलर क्वेना माफाकालाई यात्रा टोलीको रूपमा राखिएको छ । बोस, माफाका र ब्याट्सम्यान टोनी डे जोरजी फेब्रुअरी ९ मा पाकिस्तान प्रस्थान गर्नेछन् ।
