इङ्गल्याण्डका स्टार क्रिकेटर तथा चर्चित फास्ट बलर जेम्स एन्डरसनले सन्यासको घोषणा गरेका छन् । एन्डरसनले आगामी १० देखि १४ जुलाईसम्म वेष्ट इन्डिजविरुद्ध हुने टेष्ट क्रिकेटपछि सन्यास लिने घोषणा गरेका हुन् । उक्त टेष्ट लर्डसमा आयोजना हुनेछ ।
४१ वर्षिय एन्डसनले सन् २००३ मा लर्डसमा नै टेष्ट क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफुले टेष्टमा डेब्यू गरेकै विश्व चर्चित लर्डस क्रिकेट मैदानमा नै सन्यास लिने घोषणा गरेका हुन् ।
एन्डरसनले इङ्गल्याण्डको तर्फबाट १८७ टेष्ट क्रिकेट खेल्दै ७०० विकेट लिन सफल भएका छन् । फास्ट बलरमा टेष्ट क्रिकेटमा सवैभन्दा बढी विकेट लिने एन्डसन पहिलो खेलाडी हुन् ।
एन्डसनले सन्यासको घोषणा गर्ने क्रममा आफ्नो मुलुकको लागि २० वर्ष क्रिकेट खेल्नु गौरवको कुरा भएको बताए । साथै उनले यो २० वर्ष अविश्वसनिय रहेको समेत बताए । अब आफुले इङ्गल्याण्ड टोलीलाई मिस गर्ने बताए ।
