त्रिकोणात्मक महिला टी-२० अन्तराष्ट्रिय सिरिज अन्तर्गत नेपालले आज थाइल्याण्डसँग खेल्दैछ ।

किर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार मध्याह्न सवा १२ बजे नेपालले सिरिजको चौथो खेल थाइल्याण्डसँग खेल्न लागेको हो ।

नेपालले यसअघि खेलेकाे तीनवटै खेलमा पराजित भएको नेपाल लागि यस खेल जित्नैपर्ने दबाबमा छ । नेपाल यस खेलमा पराजित भएमा शृंखला जित्ने सम्भावना समाप्त हुनेछ ।

नेपाल पहिलाे खेलमा नेदरल्याण्ड्ससँग २० रन तथा नेदरल्याण्ड्ससँग दोश्रो खेलमा १५ रनले पराजित भएकाे थियाे । थाइल्याण्डसँग नेपाल पहिलाे खेलमा ४ विकेटले पराजित भएकाे थियाे ।

त्रिकोणात्मक सिरिजमा नेपाल, थाइल्याण्ड र नेदरल्याण्ड्स सहभागी छन् । सहभागी तीन देशले एकआपसमा समान ३ पटक खेलेपछि शीर्ष स्थानमा रहने टोली च्याम्पियन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *