गण्डकी प्रदेशका कप्तान हरि पाण्डेले भलिबल खेलबाट सन्यासको घोषणा गरेका छन् ।
आइतबार एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको समापन समारोहमा कप्तान पाण्डेले भलिबलबाट सन्यासको घोषणा गरेका हुन् । पाँचौं टाइगर कप भलिबलको समापन समारोहमा पाण्डेले सम्मान पनि गरिएको छ ।
पाण्डेको कप्तानीमा रहेको गण्डकी पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा उपविजेता बनेको छ । फाइनलमा विभागीय टिम नेपाल पुलिस क्लबसँग ३-१ को सेटमा पराजित हुँदै गण्डकी लगातार दोस्रोपटक उपविजेतामा सीमित बनेको थियो ।
