नेपाल प्रहरीका रमेश गोतमेले दोश्रो रामवृक्ष यादव स्मृति राष्ट्रिय कुस्ती प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । पुरुष १२५ केजी फाइनलमा रमेशले मधेश प्रदेशका राज यादवलाई पराजित गरे ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको पुरुष ६१ केजीमा एपीएफका शमकिशोर यादव, ६५ केजीमा मेधशका कुन्दन शाह, ७० केजीमा मधेशका सुजित यादव, ७४ केजीमा नेपाल आर्मीका सुरेश चुनारा, ८६ केजीमा मधेशका निखिलराज पटेल र ९७ केजीमा नेपाल प्रहरीका त्रिलोकप्रसाद यादवले पहिलो स्थान हात पारे ।

नेपाल कुस्ती संघद्वारा आयोजित प्रतियोगिताको महिला ५३ केजीमा आर्मीकी सम्झना थारु, ५५ केजीमा प्रहरीकी मनीषा सिंह, ५७ केजीमा आर्मीकी शिवाङगी दुवे, ६२ केजीमा आर्मीकी सुशिला चन्द, ६५ केजीमा आर्मीकी लक्ष्मी भट्ट, ७२ केजीमा एपीएफकी हेमा भट्ट र ७६ केजीमा आर्मीकी रचना श्रेष्ठले स्वर्ण जिते ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, सदस्य अञ्जन धमला, राखेपका सदस्य समेत रहेका नेपाल कुस्ती संघका अध्यक्ष प्रकाशकुमार कुसारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । त्यसअघि एकदिने प्रतियोगिताको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । पुरुषः महिलामा समान ७-७ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *