काठमाडौँ । गोदावरी नगरपालिकाको मुख्य प्रायोजन तथा जिल्ला प्रमुख डोजो ललितपुर, लगनखेलको आयोजनामा चौथो कृष्णप्रसाद भट्टराई स्मृति कराते प्रतियोगिता फागुन तेस्रो साता हुने भएको छ ।

नेपाल कराते संघको प्राविधिक सहयोग रहने प्रतियोगिता फागनु १६, १७ र १८ गते सातदोबाटोस्थित नेपाल कराते ऐकेडेमीमा हुनेछ ।

कराते महासंघको वार्षिक क्यालेन्डरमा समावेश यस प्रतियोगितामा पुरुष तर्फ ५०, ५५, ६०, ७५, ८४ केजीमुनि, ८४ केजीमाथी एकल र टिम काता तथा महिला तर्फ ४५, ५५ ६१, ६५, ६८ केजीमुनि, ६८ केजीमाथि, एकल र टिम काता गरी १७ तौल समूह समवेश गरिएको आयोजकले बताएको छ ।

प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टोलले सहभागिता जनाउने छन् । प्रत्येक टोलीमा २१ खेलाडी, १ प्रशिक्षक र १ व्यवस्थापक रहने व्यवस्था छ ।

प्रतियोगिता आयोजनका लागि अनुमानित बजेट ५५ लाख रुपैयाँ रहेको आयोजकले जनाएको छ ।

विजेताले ट्रफीसहित १ लाख, उपविजेताले ट्रफी सहित ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी प्रतियोगिताको सर्वोकृष्ट महिला तथा पुरुष खेलाडीलाई ट्रफी सहित जनही २५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *