विराटनगर । प्रथम सिक्किम खुल्ला अन्तर्राष्ट्रिय कराते च्याम्पियनसिप २०२५ मा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

कोशी प्रदेशबाट गएका ७४ जना खेलाडीले प्रतियोगितामा कुल २४ वटा स्वर्ण पदक, १५ वटा रजत पदक र २२ वटा कास्य पदक जितेका छन् ।

उक्त प्रतियोगितामा मोरङको बुढीगंगा गाउँपालिकामा रहेको न्यू सेप कराते एकेडेमीका खेलाडीहरूले १२ स्वर्ण, ५ रजत, र ४ कास्य पदक जित्दै बुढीगंगासहित नेपालको गौरव बढाएको बुढीगंगा गाउँपालिकाका अध्यक्ष जीतनारायण थापा मगरले बताए ।

अन्तर्राष्ट्रिय कराते प्रशिक्षक प्रभाकर राना मगरले खेलाडीहरूको परिश्रम र समर्पणको प्रशंसा गर्दै आगामी प्रतियोगितामा अझ सशक्त प्रदर्शनको अपेक्षा व्यक्त गरे । बुढीगंगा गाउँपालिकाका अध्यक्ष मगरले प्रतियोगितामा विजयी भएर फर्किएका खेलाडीहरूलाई खादा र माला लगाई सम्मान साथै बधाई व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *