ललितपुर मेयर कप राष्ट्रिय महिला ट्वान्टी २० प्रतियोगिताका लागि कोशी प्रदेशको टोली घोषणा भएको छ ।
बैशाख २९ देखि जेठ ५ सम्म हुने प्रतियोगिताका लागि कोशीले अप्सरी बेगमको कप्तानीमा टोली घोषणा गरेका हुन् ।
प्रतियोगिताको चौथो संस्करणमा नेपाल एपिएफ क्लब, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश र ललितपुर मेयर ११ गरी पाँच टोलीको सहभागिता रहनेछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर र बागमती भिड्नेछन् । खेल दिउँसो १:३० बजे हुनेछ ।
लिग चरणमा एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन् । अघिल्ला तीनै संस्करणको उपाधि एपिएफले जितेको थियो ।
कोशी प्रदेशको टोली :
अप्सरी बेगम (कप्तान), काजल श्रेष्ठ, सब्नम राई, संगिता राई, एलिसा खडिया, टीका शाह, काजल राजवंशी, सानू राजवंशी, हिरनमाया रोय, पूर्णिमा राजवंशी, हेमावती रोय, बन्दना राजवंशी, प्रीङका राना मगर, सिर्जना कुमारी राजवंशी
बैकल्पीक खेलाडी:
फुलकुमारी राजवंशी, दिपा लिम्बू, कृतिशा धामी, खुशि राजवंशी
टीम प्रशिक्षक : पुष्प थापा
व्यवस्थापक : रोजी राई
