काठमाडौँ । नेपाल कबड्डी लिग (एनकेएल) मा काठमाडौँ म्याभरिक्सले धनगढी धनगढी वाइल्डक्याट्सलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको छ ।
त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा बिबिार सम्पन्न खेलमा काठमाडौँ ५१-३६ ले विजयी भएको हो ।
जितसँगै काठमाडौँले चार खेलबाट १६ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। पराजित धनगढी सामन खेलबाट ६ अंकका साथ चौथो स्थानमा छ ।
पहिलो हाफमा २७-१६ ले आफ्नो पक्षमा पारेको काठमाडौँले खेल ५१-३६ को स्कोरमा जित हासिल गर्न सफल भयो ।
रेडबाट काठमाडौंले २६ अंक प्राप्त गर्दा धनगढीको खातामा ११ अंक रह्यो । डिफेन्सबाट काठमाडौंले १२ र धनगढीले ११ अंक जोडे ।
यसैगरी काठमाडौंले तीन अलआटबाट ६ अंक प्राप्त गर्यो । बोनसमा भने धनगढी अगाडि रह्यो । बोनसबाट धनगढीले ११ र काठमाडौंले सात अंक थपे । काठमाडौँको यो तेस्रो जित हो भने धनगढीको तेस्रो हार हो ।
