एन्फा यु-१६ युथ लिगमा सोमबार मछिन्द्र क्लव र संकटा क्लब विजयी भएका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मछिन्द्रले सातदोबाटो तथा संकटाले हिमालयन शेर्पालाई पराजित गरेको हो ।
दिनको पहिलो खेलमा मछिन्द्रले सातदोबाटो युथ क्लबलाई २–० गोल अन्तरले हरायो । मछिन्द्रको जितमा दुबै राहुल कुमार योञ्जनले दुवै गेल गरे ।
जितसँगै मछिन्द्रले पाँच खेलमा ९ अंक जोडेर अंक तालिकाको सातौं स्थानमा कायम छ । पराजित सातदोबाटो समान खेलबाट ६ अंकसहित आठौं स्थानमा छ ।

त्यसैगरी दिनको दोस्रो खेलमा संकटा क्लबले हिमालयन शेर्पा क्लबलाई ३–० गोल अन्तरले हरायो । संकटाको जितमा गुनदास सुनुवार, पेम्बा तामाङ र प्रजलकुमार लुम्रेले गोल गरे ।
जितसँगै संकटाले पाँच खेलमा १० अंक जोडेर चौथो स्थानमा उक्लिएको छ । पराजित हिमालयन शेर्पा समान खेलबाट एक अंकसहित ९औं स्थानमा छ ।
प्रतियोगितामा तीन बिभागीय टोलीसहित कुल ११ टोली सहभागी छन् ।
