रसिया चेस फेडेरेशनले रुसको मस्कोस्थित एम मिखायल बोट्भिनिक सेन्ट्रल चेस हलमा सोमबार व्यक्तिगत विधा तर्फको रापिड तथा ब्लिट्ज बुद्धिचाल प्रतियोगिता सम्पन्न गरेको छ ।
सांघाई अन्तर्राष्ट्रिय स्टेट सदस्य राष्ट्र बिच अन्तर्राष्ट्रिय स्पोर्ट्स इभेन्ट अन्तर्गत रापिड चेसमा नेपालका २१४३ रेटेड सिएम सुश्रुत दहालले इरानीयन २३२८ रेटेड अन्तर्राष्ट्रिय मास्टर दघली आरसलाई हराएर सुखद् अनुभव प्राप्त गरेका छन् । सुश्रुत समान बराबर ३ अंक बनाएर सिएम आशिष् फुयालले पनि उपस्थिति जनाए ।
यस्तै नौ चरणको रापिड महिला तर्फ डब्लूसिएम कृतिसराले काजकिस्तानका डब्लूएफएम झुनुस बेकोभा एमोनचोकलाई पराजित गरे सँगै ५ अंक बटुलिइन् ।
यता एघार चरणको ब्लिट्ज खेलमा आशिष् फुयाल र कृतिसराले समान ५ अंक बनाउदै औसत खेल पस्के। कृतिसराले अन्तिम खेलमा बेलारुसका २११० रेटेड डब्लूएफएम पोलिएकोभा भार्भरा सँग बराबरी गर्दै दोश्रो स्थानमा रहन बाध्य बनाइन् । जुनियर ओलम्पियाड डब्लूसिएम निहाना श्रेष्ठले अनुभव संगाले ।
प्रतियोगिताको तेश्रो दिन टिम खेल अन्तर्गत रापिड र चौथो दिन टिम ब्लिट्ज खेल हुनेछ। दुबै टिम विधामा चार जना खेलाडी मध्ये दुई पुरुषमा आशिष र सुश्रुत तथा महिलामा कृतिसरा र निहाना श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।
अध्यक्ष हेराकाजी महर्जनको नेतृत्वमा गएको ६ जनाको टोली १९ तारिख स्वदेश फर्केर १० औं राष्ट्रिय खेलकुदका लागि प्रदेश खेलहरु सञ्चालनमा जुट्ने छन् ।
प्रतियोगिता अवधिमा नेपाल बुद्धिचाल महासंघले मस्को रेजिअन चेस फेडेरेशन सँग चेस बिकासका विविध विषयमा दुई पक्षीय महत्वपूर्ण सम्झौता हुने जानकारी गराएको छ ।
