काठमाडौं । द एक्सेल्सियर स्कुलले १२ औं रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शुक्रबार जित हात पारेको छ ।

स्युचाटारस्थित आयोजक रेडियन्ट पब्लिकको कोर्टमा एक्सेल्सियरले केभीसीलाई ४४–४० ले पराजित गर्यो । एक्सेल्सियका निर्माण घिमिरेले १५ अंक जोडे ।

सिनियर ब्वाइजमै ग्रिनफिल्डले राराहिललाई २४–२२, न्यु जेनिथले एक्सेल पब्लिकलाई २६–११, होली भिजनले बेबी एन्जललाई ४१–१६, बाल दीक्षा सदनले रेडियन्ट रिडर्सलाई ३५–२२ तथा निसर्ग वाटिकाले सभ्यता पाठशालालाई ३७–१६ ले हराए ।

ग्रिनफिल्डका अनिमेश बोहराले ८, न्यु जेनिथका सौगातले १०, होली भिजनका आकाश धामीले ९, बाल दीक्षा सदनका निश्चल महर्जनले १८ र निसर्ग वाटिकाका अर्नव सिंहले १२ स्कोर गरे ।

सिनियर गर्ल्समा राराहिलले न्यु भिजनलाई १८–३ तथा रिब्सले जेसिसलाई २१–२० ले पाखा लगाए । राराहिलकी एलिशा ओलीले ६ र रिब्सकी सुप्रिया मल्लले ७ स्कोर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *