नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले आइएफबीबी एसियन बडीबिल्डिङ च्याम्पियनसिप’ मा सहभागी हुन गइरहेको नेपाली टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन् ।

सो प्रतियोगता सन् २०२६ नोभेम्बर १३ देखि १६ तारिखसम थाइल्यान्डको पटायामा हुँदैछ । अनिश थापा र असिम बाबु गुरुङले सो प्रतियोगतामा खेल्नेछन् । प्रशिक्षकमा रामबहादुर दाहाल छन् ।

नेपाल बडीबिल्डिङ एण्ड फिटनेस महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय निर्णायक अजय कुमार बज्राचार्य पनि सो प्रतियोगितामा सहभागी हुनेछन् ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडी तथा पदाधिकारीहरूलाई शुभकामना दिँदै प्रतियोगितामा सफलताका लागि शुभकामना दिए। उनले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दा आफ्नो उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई प्रोत्साहित पनि गरेका छन् ।

सो विदाई कार्यक्रममा नेपाल बडीबिल्डिङ एण्ड फिटनेस फेडेरेशनका पूर्व अध्यक्ष शिवलाल श्रेष्ठ, बोर्ड सदस्य नरेश मल्ल, सदस्य राजेश बज्राचार्य, सल्लाहकार पदमलाल शिलाकार, आइएफबीबी अन्तर्राष्ट्रिय निर्णायक केशव नागा, बोर्ड सदस्यहरू श्याम लाखा र राजकुमार प्रधानाङ्ग, अन्तर्राष्ट्रिय खेलाडी अवतार श्रेष्ठ, राष्ट्रिय खेलाडीहरू सुरेन्द्र लामा र रमेश खुम्बु तथा राष्ट्रिय निर्णायकहरू दिपेश पाठक र शम्भु अधिकारीको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *