काठमाडाैं । आयोजक भ्याली पब्लिक हाइ स्कुलले २० औं भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शुक्रबार दोहोरो जित हात पारेको छ । भंगालस्थित घरेलु कोर्टमा भ्याली पब्लिकको ‘ए’ र ‘बी’ दुवै टोली विजयी भयो ।
भ्याली पब्लिक ‘ए’ ले टीआईएलाई ३०–२४ ले पराजित ग¥यो । भ्याली पब्लिक ‘ए’ को जितमा सेलिना गुरुङले १२ अंक योगदान गरिन् । सेमेन्डो तामाङको १० अंक सहयोगमा भ्याली पब्लिक ‘बी’ ले मान सिंहलाई १४–९ ले हरायो ।
सोही स्पर्धामा क्यान्भास बसन्त ऋतुले ज्ञान संस्कारलाई १२–८ तथा जेबी स्कुलले ग्रिनल्यान्डलाई २७–२० ले पाखा लगाए । क्यान्भासकी रितिका चौधरीले ६ तथा जेबीकी मेनुका थारुले १२ स्कोर गरे ।
जुनियर ब्वाइजमा फ्युजन एकेडेमीले भ्याली पब्लिकलाई २०–१६, डाफोडिलले हेराल्डलाई १३–४, ज्ञान संस्कारले संस्कारलाई १४–१०, गण्डकीले हिमशिलालाई २१–१८, एन्जल्स हार्टले एसिया प्यासिफिकलाई ३५–२९, जेबीले हिमालयनलाई १९–१५ र काठमाडौं जेभियर्सले भद्रकालीलाई १९–१४ ले पन्छाए ।
सिनियर ब्वाइजमा बाल वाटिकाले भ्याली पब्लिकलाई २२–१८, स्किब्सले ज्ञान संस्कारलाई ४८–३५, काठमाडौं जेभियर्सले भद्रकालीलाई ३६–२५, जेबीले डिआर मेमोरियललाई ५७–४९ र एन्जल्स हार्टले जोन डेवीलाई ४५–३५ ले पराजित गरे ।
प्रतियोगिताको आयोजक विद्यालय व्यवस्थापकन समितिका अध्यक्ष मेजर लिलबहादुर गुरुङ (एमबीइ), भ्याली पब्लिककी सह–संस्थापक सुनिता अधिकारी र भ्याली पब्लिकका प्रशासन प्रमुख महेश अधिकारीले एक कार्यक्रमबीच संयुक्त रुपमा उद्घाटन गरे ।
मंसिर ११ गतेसम्म चल्ने प्रतियोगिताको सिनियर ब्वाइज र सिनियर गल्र्समा समान २४–२४ तथा जुनियर ब्वाइजमा २७ गरी ७५ टिम सहभागी छन् । तीनै विधामा शीर्ष तीन स्थान हात पार्ने टिमलाई क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार प्रदान गरिने छ । इमर्जिङ टिम, ‘मोस्ट भेलुएबल प्लेयर’, उत्कृष्ट ‘थ्री प्वाइन्टर’, सर्वाधिक स्कोरकर्ता, उत्कृष्ट रिबाउन्डर र उदीयमान खेलाडीलाई ट्रफीबाट पुरस्कृत गरिने छ ।
