नेपाल फुटबल लिग (एनएफएल) मा तीन नयाँ टोली थप्न आह्वान गरिएको बोलपत्रमा २० वटा प्रस्ताव परेको छ । त्यसमध्ये छनौट हुने तीन टिमले मात्रै लिग खेल्न पाउनेछन् ।

एनएफएलका कमिश्नर राजु घिसिङले भने- ‘आठ सहर लक्षित गरी खोलिएको बोलपत्रमा २० वटा प्रस्ताव प्राप्त भएको छ । पेश गरिएका बिडिङ रकम, व्यावसायिक तथा वित्तीय पृष्ठभूमि, सामाजिक विश्वसनीयता र १० वर्षको क्लब सञ्चालन योजनाको आधारमा तीन टोली छनोट गरिनेछ ।’

नयाँ टोलीका लागि विराटनगर, धरान, जनकपुर, वीरगन्ज, हेटौँडा, भक्तपुर, नेपालगन्ज र सुर्खेतका लागि प्रस्ताव माग गरिएको थियो ।

घोषणा गरिएको सात वर्षमा तीनपल्ट आयोजित नेपाल सुपरलिग (एनएसएल) छाडेका ७ क्लब काठमाडौं रेजर्स, ललितपुर सिटी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी, धनगढी एफसी र झापा एफसी एनएफएलका संस्थापक हुन् । यी सात क्लब र नयॉ तीन टिमसहित १० टोलीले ‘होम एन्ड अवे’को आधारमा एनएफएलमा प्रतिस्पर्धा गर्नेछन् । पहिलो संस्करण फागुन १ गते सुरु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *