काठमाडाैं । स्किब्स र हेम्सले १८ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार जित हात पारेका छन् ।
हात्तीगौडास्थित आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) को कोर्टमा स्किब्सले मनकामनालाई ५३–३४ ले पराजित ग¥यो । स्किब्सको जितमा सफल रानाभाटले ११ अंक योगदान गरे । युवराज महतोको १२ अंक सहयोगमा हेम्सले एलआरआईलाई ३९–२९ ले हरायो ।
सिनियर ब्वाइजमै बीएमसीएले रिलायन्स को–एडलाई ३९–३७ तथा त्रिज्योतिले हेराल्डलाई ३२–२१ ले पाखा लगाए । बीएमसीएका साजन कार्कीले १२ तथा त्रिज्योतिका नवाङ शेर्पाले १० स्कोर गरे ।
सिनियर गल्र्समा रिब्सले एलआरआईलाई ३०–९, बौद्ध चिल्ड्रेन हेभन स्कुलले विल्सन एकेडेमीलाई २५–२३ र मातृभूमिले जोन डेवीलाई २७–८ ले पन्छाए । रिब्सकी सुप्रिया मल्लले १४, बीएचसीएसकी जस्मिन गुरुङले १० र मातृभूमिकी याङछेन तामाङले ८ अंक बटुले ।
